२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मालदार र भनेजति मन्त्रालय नापएपछि समिक्षाका लागि माधव नेपालको स्थायी कमिटी बस्दै

२१ असोज, काठमाडौँ । मालदार भनिएका मन्त्रालय र भनेजति संख्यामा मन्त्रालय नपाए पछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले छलफलका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाएको नेता मुकुन्द न्याैपानेले जानकारी दिएका छन । उनले मन्त्रालय बाँडफाँडमा कम संख्या दिइएको र मालदार मन्त्रालय नदिएको विषयमा समिक्षा हुने बताए ।

उनले प्रधानमन्त्री देउवाले हेपेको महशुष भएको पनि बताएका छन । बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । बैठकमा स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेता न्यौपानेले बताए ।

प्रकाशित मिति : October 7, 2021 at 10:11 am