२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

जसपाको मन्त्री छान्ने जिम्मा भट्टराई, यादव र राईलाई

२० असोज, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिएको छ ।

मंगलबार सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले ४ मन्त्रालय पाउने टुंगो लागेको थियो ।

प्रकाशित मिति : October 6, 2021 at 4:11 pm