१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

फिल्म ‘उचाइ’को शुटिङका लागि बलिउड कलाकार काठमाडौँमा

१८ असोज, काठमाडौँ । फिल्म ‘उचाइ’को छायांकनका लागि अनुपम खेर लगायतका बलिउड कलाकारको टोली काठमाडौँ आइपुगेको छ ।उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो । कलाकार खेरले ट्विटरमार्फत काठमाडौँ आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औं चलचित्र रहेको बताएका छन् ।

फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ । सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:१०