आजै मन्त्रीको शपथग्रहण गराउने तयारी छः प्रचण्ड
१८ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताए।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आजै सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताए । आज बस्ने गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने प्रचण्डले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाे भन्दै सरकारको आलोचना भइरहेको छ ।
’
प्रकाशित मिति : October 4, 2021 at 2:19 pm










