झुक्याएर लगिएका र भ्रममा परेका नेता तथा कार्यकर्तालाई फर्काउने प्रयास गर्छौंः केपी ओली
१७ असोज, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् ।
तीन दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गरेका हुन् ।

यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन् । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाइँहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भने । यस्तै उनले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताए ।
प्रकाशित मिति : October 3, 2021 at 4:40 pm










