२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

अखिल (क्रान्तिकारी)काे अध्यक्षकाे प्रतिस्पर्धामा रहेका ५ जना माओवादी केन्द्रीय सदस्यमा मनाेनित

१७ असोज, काठमाडौँ । पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो ।

 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरु नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् ।

पूर्वअध्यक्ष तामाङसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी राजनीति सुरु गर्ने भएका छन् ।

प्रकाशित मिति : October 3, 2021 at 1:28 pm