२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सत्यनारायण मण्डल दोस्रो पटक नेकपा एमाले संसदीय दलका नेता चयन

१५ असोज, जनकपुरधाम । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ । कुनै समय तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा प्रदेशसभामा सबभन्दा ठूलो पार्टी रहेको थियो ।

तर, दुई पटक भएको विभाजनका कारण अहिले नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् । एमाले अहिले प्रदेशसभामा पाँचौँ ठूलो पार्टीका रूपमा रहेको छ । एमालेका २१ जनामध्ये १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

प्रकाशित मिति : October 1, 2021 at 7:51 pm