२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माधव नेपालको समाजवादीमा दुई साता पनि टिक्न सकिनन् लामा, पुनः एमालेमा सक्रिय

१५ असोज, काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पदको लोभमा पुगेकाहरू पुनः एमालेमै फर्किनेक्रम देखिएको छ । काभ्रेमा माधवकुमार नेपाल आफैँ उपस्थिति भएर जिल्ला कमिटी घोषणा गर्दा जिल्ला कमिटीको उपसचिव भएकी भक्त कुमारी लामा एमालेमै फर्किएकी छिन ।

उनी नेकपा एमालेको बागमती प्रदेश किमिटीको सदस्यमा रूपमा पुनः क्रियाशिल भएकी छिन । काभ्रेमा समाजवादीमा लागेका केही नेताबाहेक धेरै स्थानीय नेता र कार्यकर्ताले एमाले नछाड्ने बताएका छन । उनीहरूले पदलोलुपहरूको पछि लागेर एमालेको अभियानलाई धोका दिन नसक्ने बताएका छन ।

प्रकाशित मिति : October 1, 2021 at 11:01 am