२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर राना माओवादी छाडेर एमालेमा प्रवेश

१५ असाेज, काठमाडाैँ । पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहेका राना एकीकृत नेकपा माओवाद बागचौर नगर कमिटीका सदस्य थिए ।

आफू पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगरकमिटीमा रहेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लामो समय सेवा गरेको सम्झदै उहाँले आफू खेल जगतको ब्यक्ति भएको र आफ्नो सम्पुर्ण गुरु तथा खेल क्षेत्रका साथीहरु एमालेमा रहेकाले आफू पनि उनीहरुसँग रहन पार्टी प्रवेश गरेको बताए ।

प्रकाशित मिति : October 1, 2021 at 10:10 am