२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट दिए राजीनामा

१४ असोज, काठमाडौँ । राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन् । आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : September 30, 2021 at 11:05 am