१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भारतर्फ अबैध निकासी भइरहेको साढे २२ क्वीन्टल केराउ बरामद

१४ असोज, काठमाडाैँ । अबैधरुपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्वीन्टल केरा बर्दिया प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खगिएको प्रहरी टोलीले मधुबन नगरपालिका–८ बाट साढे २२ क्वीन्टल (दुई लाख २५ हजार मुल्य पर्ने) केराउ बरामद गरेको हो ।

बरामद गरिएको केराउन आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए । नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मुल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०८:३९