२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

विधान महाधिवेशनको पूर्वसन्ध्यामामा एमालेले भोलि पत्रकार सम्मेलन गर्ने

१३ असोज, काठमाडाैँ । नेकपा (एमाले)ले यही १५ असोजदेखि हुने विधान महाधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको छ ।

भोलि (बिहीबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा हाउसमा महाधिवेशनबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले बताए ।

महाविधेशन गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेस हुनेछन् ।

एमालेले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका थिए ।

सम्मेलन केन्द्रको हलमा दुई हजार ८४० जना मात्र अट्नेछन् । बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ । हलबाहिर स्क्रिन राखेर दुई साइडमा एक/एक हजार जना राख्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा करिब ३०० स्वयंसेवक खटिनेछन् । महाधिवेशनमा सहभागी हुन जिल्लाजिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ ।

प्रकाशित मिति : September 29, 2021 at 8:58 pm