१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

हत्याको मुद्दामा जन्मकैद सुनाइका फरार अभियुक्त पक्राउ

१३ असोज, सप्तरी । हत्या मुद्दामा सर्वाेच्च अदालतबाट जन्मकैद फैसला भए पनि फरार रहेका एक जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेकाे छ ।

सप्तरीको विष्णुपुर-६ का मनोजकुमार यादवलाई कारागार चलान गरिएकाे सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ५ वैशाख २०६५ मा राजविराज नगरपालिका ८ का रामएकल सिंहकाे हत्या भएकाे थियाे । उक्त मुद्दामा सर्वोच्चले १७ मंसिर ०७४ मा यादवलाई दाेषी ठहर गर्दै जन्मकैद फैसला गरेपनि उनी फरार थिए । फरार रहेका यादव राजविराजबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०७:५४