२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

एमालेको विधान महाधिवेशन १५ असोजमा

१० असोज, काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन १५ असोजबाट हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा करिब ५ हजार प्रतिनिधिले देशभरबाट भाग लिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीनवटा प्रतिवेदनहरु पेस हुनेछन् ।

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गर्नेगरी तीनवटा प्रतिवेदन पारित गरेको छ । जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ । विधान महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : September 26, 2021 at 6:32 pm