२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

माधव नेपाललाई गोकर्ण विष्टकाे आग्रहः आफ्ना कमजोरी सच्याएर एमालेमा फर्किनुस्

१० असोज, काठमाडौँ । एमालेका सचिव गोकर्ण विष्टले माधव नेपाललाई पार्टीमा फर्किन आह्वान गरेका छन् । आफ्ना कमजोरी सच्याएर पार्टीमा फर्किन विष्टको आग्रह छ । ‘गुटका आधारमा विभाजित गर्नुभयो । कुनै हिसाबले औचित्य पुष्टि गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘उहाँले आफ्ना कमजोरी सच्याएर एमालेमा फर्किएर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध रूपमा उचाइमा पुर्‍याउन आग्रह गर्दछु,’ आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत् केन्द्रीय भेलामा उनले भने ।

विष्टले विगतमा एमाले फुटेर माले बन्दा पनि स्थापित हुन नसकेको उदाहरण दिँदै फर्किन आह्वान गरे । आफूहरूसँग सल्लाह नै नगरी १० बुँदे लत्याएर पार्टी विभाजन गरेको भन्दै उनले असन्तुष्टि जनाए । कम्युनिस्ट पार्टीभित्र विपक्षी रहनेबेला भन्दा सत्तामा रहँदा समस्या देखिने गरेको भन्दै यसमा नेतृत्वको ध्यान जानुपर्ने औल्याए ।

विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप पनि लगाए । ‘देउवालाई प्रधानमन्त्री बनाउन मेरो हस्ताक्षर थिएन । खाली कागजमा गराएको हस्ताक्षर प्रयोग गर्दिन भनेर लिनुभयो । तीन पटक सोधें माधव नेपालले गर्दिनँ भन्नुभयो । तर माधव नेपालले इमान्दारिता देखाएनन्,’ उनले भने ।

प्रकाशित मिति : September 26, 2021 at 4:05 pm