मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई
१० असोज, काठमाडौँ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरू सहमत भएको र मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेतालाई दिइएको छ ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तथा एकीकृत समाजवादी दलको विषयमा अदालतको आदेश कुर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलका नेताहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जसपाका नेताले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्ताव दर्ता भएपछि मात्र मन्त्रीको नाम दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए ।
प्रकाशित मिति : September 26, 2021 at 2:13 pm










