माओवादीलाई शून्य पार्दै मोरङको कानेपोखरी ४ को सिंगो गाउँ एमालेमा प्रवेश
१० असोज, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४ को नेकपा माओवादीको सिंगो गाउँ कमिटी नै नेकपा एमालेमा प्रवेश गरेको छ । माओवादी केन्द्रसँग कुनै एजेण्डा नभएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी एमालेजस्तो बनेको अभिव्यक्ति दिन थालेकाले आफूहरू समयमै एमाले प्रवेश गरेको उनीहरूले बताएका छन ।
शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा कानेपोखरीकको नारायण चोक, नर्सरी टोल, मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन माओवादी नेताहरु एमालेमा समाहित भएका हुन ।

यस अघि नेपाल कम्युनिष्ट (नेकपा) पार्टी बाट एमाले र माओवादी अलग हुदा गाउँ कमिटिमा जिम्मेवारी प्राप्त गरेका चित्रबहादुर राई, डम्बर कटुबाल र टेक बहादुर तामाङ भने एमालेमै बसेर पार्टीका गतिविधिहरु गर्दै आएका थिए । टेक बहादुर तामाङ भने गत स्थानीय तहको निर्वाचनमा माओवादी पाटीबाट ४ नं. वडामा वडाध्यक्ष उमेद्वार हुन ।
उदिप लिम्बुको नेतृत्वमा चमक बहादुर कार्की, यामबहादुर कार्की, राम बहादुर खड्का, भादुलाल चौधरी, कमला मगर, ज्ञान बहादुर मगर, सिचाई माझी, इन्दिरा राई(गीता), सुनिल लिम्बु, सुरेश गुरुङ, खम्बरसिंह कटुवाल, लक्षमण कार्की, गंगा मगर, पदम कटुवाल, मन कुमारी माझी, फुलमाया माझी, सन्तकुमार राजबंशी, बालकृष्ण घोरसाई, विरवहादुर बम्जन, विमला कटुवाल गलाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं। ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले जिल्ला सदस्य भोला अधिकारी लगायतले एमालेमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : September 26, 2021 at 1:49 pm










