२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल

८ असोज, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने र विधान महाधिवेशनको एजेण्डा तय हुने कार्यसूची रहेको छ ।

जारी बैठकमा बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : September 24, 2021 at 1:33 pm