सभामुखकले संसदलाई बिरामी बनाए, उनले राजिनामा दिनुपर्छः कोमल ओली (भिडियाेसहित)
७ असाेज, काठमाडाैँ । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताएकी छन् । राष्ट्रिय सभाकाे बिहीबारकाे बैठकमा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताएकी हुन् ।
वलीले सभामुखले आफ्नाे कुर्सीको महत्त्व राख्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको समेत बताइन् । सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने माग गरिन् ।

सांसद वलीले भनिन्, ‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन्, जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरू उत्पन्न हुन सक्छन् ,त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ ।’
उनले भनिन्, ‘सभामुख ज्यूले त्यो कुर्सीको महत्त्व राख्न सक्नुपर्छ, महत्त्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुन पुग्यो, अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ, सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेसन नै गर्नुपर्छ ।’ उनले राष्ट्रियसभा र प्रतिनिधिसभा एक अर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताइन् ।
प्रकाशित मिति : September 23, 2021 at 3:32 pm










