कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा रमेश कुमार केसी नियुक्त
७ असाेज, काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा रमेश कुमार केसी नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरको निर्णयले कृषि विकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा रमेशकुमार केसीलाई नियुक्त गरेको हो ।
केसी हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नव नियुक्त सदस्य केसीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् ।

सपथ कार्यक्रममा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ मास्के, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईं, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेल रहेका थिए ।
प्रकाशित मिति : September 23, 2021 at 2:34 pm









