२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

७ असाेज, काठमाडाैँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको एकाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको तामाङले बताए । बैठक दुई दिनसम्म चल्ने उनले बताए ।

प्रकाशित मिति : September 23, 2021 at 1:02 pm