एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल
७ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार सबै आकांक्षीसँग बसेर भूसालको नाम तय गरेका एक नेता बताए । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।
त्यस्तै उपमहासचिवमा डा विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ रहेकाे ति नेताले बताए।
प्रकाशित मिति : September 23, 2021 at 11:23 am










