माधव नेपालको नेकपा एस फुटबाट जोगाउन दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पारिदै
६ असोज, काठमाडौँ । एमाले फुटाउनका लागि ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशले नेकपा माओवादी केन्द्र र अध्यादेशबाटै जन्मिएको नेकपा एस विभाजन हुने डरले सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ ।
२० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने बताए । दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने महराले बताए ।
प्रकाशित मिति : September 22, 2021 at 6:40 pm










