२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

बालिका बलात्कार प्रकरणः पत्रकार महासंघका सदस्य समेत रहेका कांग्रेस नेता पक्राउ

५ असोज, दाङ । एक बालिकामाथि सामुहिक बलात्कार भएपछि होटेल संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया स्थित होटेल द रिभर फिस फेम्ली कटेजमा गत भदौ २७ गते अपराह्न १४ वर्षकी बालिकालाई दुईजना युवकले सामुहिक बलात्कार गरेका थिए ।

पीडित बालिका र बलात्कार आरोपी बिष्णु सुनारको बयानका आधारमा होटेल संचालक देवी कुसारीलाई प्रहरी आज पक्राउ गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि होटेल संचालक कुसारीलाई पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

कुसारी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिका साथै नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत हुन् । उनी सामाजिक कार्यमा समेत संलग्न थिए । उनलाई म्याद थपकालागि अदालत लगिएको छ ।

दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेका अनुसार सामुहिक बलात्कारमा संलग्न कैलाली घरभई हाल तुलसीपुर ११ बेल्टाकुरा बस्ने २२ बर्षिय बिष्णु सुनार यसअघि नै पक्राउ परिसकेका छन् भने अर्का एकजना फरार छन् ।

प्रकाशित मिति : September 21, 2021 at 4:41 pm