२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादीका पूर्व सांसदसहित दुई नेता एमालेमा, अध्यक्ष ओलीले गरे स्वागत

५ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व सांसदसहितका दुई नेता नेकपा एमालेका प्रवेश गरेका छन । मकवानपुरका एमाले नेताहरूलाई साक्षी राखेर २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मकवानपुरबाट निर्वाचित संविधान सभाका सदस्य दिल बहादुर घिसिङ फुर्वा र महिला नेतृ वरिना बल तामाङ लगायत एमाले प्रवेश गरेका हुन ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले पार्टीमा स्वागत गरेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रम एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको थियो ।

प्रकाशित मिति : September 21, 2021 at 4:30 pm