१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रेडपाण्डाका छालासहित १ जना पक्राउ

३ असोज, जाजरकोट । प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १७:०९