पदकप्रति व्यंग्य गर्दै ओलीले भनेः आज बाउकाे वा श्रीमतीको मुख हेर्ने दिन हाे ?
३ असाेज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले सरकारले पदक वितरणप्रति व्यंग गरेका छन । एमालेले संविधान दिवस एवं राष्ट्रिय दिवसकाे अवसर पारेर आयाेजना गरेकाे कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष ओलीले आज बाउकाे वा श्रीमतीको मुख हर्ने दिन हाे ? भन्दै व्यंग्य गरे ।

सरकारले आजै माधव नेपालका स्वर्गीय पिता मंगल उपाध्याय र प्रचण्ड पत्नी सीता दाहाल लगायलाई विभूषण दिने घाेषणा गरेकाे छ । ओलीले विगतमा आफ्नाे सरकारकाे विरुद्धमा लाग्नेहरुलाई छानीछानी पदक दिने निर्णय भएकाे बताए ।
प्रकाशित मिति : September 19, 2021 at 1:51 pm










