कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने
३१ भदौ, काठमाडौँ । कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम ‘सेलिब्रेटी ज्याम अप’ दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ ।
युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग मिठो भलाकुसारी गर्दै हाँस्ने, खाने, नाच्ने र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइनेछ ।
पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताए । चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीको जीवनका रमाइलो पाटाहरु खोतल्दै,उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिएको कार्यक्रमको प्रस्तोता रित्तिका खरेल छिन् ।
कुमारमणी गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग गर्नेछन् । साथै लाइभ संगीतको प्रस्तुति रहने छ । संगीत संयोजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ छन्। दर्शकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहने छ ।
कार्यक्रमको छायाँकनमा सुशील बास्कोटा, रोशन थापा, निलकमल मोक्तान रहेका छन् । दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन् । साउण्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ । कार्यक्रममा हाँस्न, खान, नाच्न भरपुर पाइने निर्माता माता पार्वती इन्टरटेन्मेन्टले जनाएको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:४४