२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कोमल वलीकाे प्रश्नः ‘आफ्नो पहिचान, इतिहास भुल्नेबाट नेपाली संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ?’

२८ भदौ, काठमाडौँ । एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले दल विभाजन अध्यादेशले लोकतन्त्र कमजोर बनाउने बताएकी छन् ।राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको उल्लेख गरिन् । ‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो ।

यी दुवैले सुरु गरेको विकृति विसंगतिबाट लोकतन्त्र संकटमा पर्छ,’ उनले भनिन्, ‘यो कसका विरूद्ध गरिएको छ भन्दा एमालेलाई सामना गर्न नसक्ने हुतिहाराको प्रयास हो ।’ वलीले संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले नै दल विभाजन अध्यादेश ल्याएर संसदीय व्यवस्था कमजोर बनाउन खोजेको आरोप लगाइन् ।

‘संसदीय व्यवस्थालाई मजबुत बनाउन स्थायित्वका लागि अविश्वास प्रस्ताव ल्याउन नपाउने, पार्टीहरूलाई सजिलै विभाजन हुन नदिने ४० प्रतिशतको प्रावधान हुँदाहुँदै अर्को पार्टी फुटाउन त्यो पनि संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले यस्तो गलत अध्यादेश ल्याउन हुन्छ? मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘आफ्नो पहिचान, इतिहास भुल्नेबाट नेपाली संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ?’

एमालेको अवरोधले विधायन समितिको प्रतिवेदन पेस गरेर पहिलो बैठक १५ मिनेट स्थगित भइ बसेको दोस्रो बैठकमा अवरोधका क्रममा राष्ट्रियसभा सदस्य वली पार्टीका तर्फबाट बोलेकी थिइन् ।

प्रकाशित मिति : September 13, 2021 at 2:16 pm