कांग्रेस सदस्यता विवादः पाैडेल पक्षले बोलायो केन्द्रीय सदस्यको भेला
२८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद थप चर्किएको छ । सदस्यता विवाद सुल्झाउन सभापति शेरबहादुर देउवाले अनिच्छा देखाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
पाैडेल निकट एक जना केन्द्रीय सदस्यका अनुसार बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा विभिन्न जिल्लामा बाँकी रहेको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्ने उनले बताए २१ जिल्लामा अझै कांग्रेसको विवाद कायम रहेको छ ।
प्रकाशित मिति : September 13, 2021 at 8:22 am










