सम्धीले मन्त्री दिने भएपछि एमाले छाड्न पाउँ भन्दै सोमप्रसाद पाण्डे सर्वोच्चमा
२७ भदौ, काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे आफ्ना सम्धीले उपहारमा मन्त्री दिने भएपछि एमाले छाड्न पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन । निर्वाचन आयोगले निवेदनमा हस्ताक्षर नगरेको भनेर सनाखत नगरेपछि उनी तनावमा छन ।
यसअघि सम्धीले चाहेर पनि मन्त्री हुन नपाएका पाण्डे यसपटक सम्धीले नै ५ जनालाई मन्त्री बाँड्ने हैसियत बनाएपछि समाजवादी पार्टीमा गएर मन्त्री हुन आँतुर छन यद्यपी । उनले एमाले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिँदा हस्ताक्षर नगरेका कारण सनातमा सहभागी हुन पएनन् ।

जसका कारण उनी सर्वोच्च अदालत पुगेका छन । सर्वोच्च अदालतको न्यायाधीश मीरा खड्काको इजलाशले आइतबार पाण्डेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेश दिनुपर्ने हो कि होइन भनेर छलफल गर्न अदालतले दुबै पक्षलाई भदौ २९ गते इजलाशमा बोलाएको छ ।
प्रकाशित मिति : September 12, 2021 at 3:44 pm










