एमसीसी नेपालको हितमा नरहेको एमालेको ठहर, अब के होला ?
२३ भदाै, काठमाडाैँ । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नरहेको ठहर गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसी अनुमोदन गर्न नहुने बताएसँगै एमाले प्रमुख सचेतक विशाल भट्टराईले मसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष रहेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन ।
बैठकपछि भट्टराईले भने, ‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्राउन उद्धत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। आजको बैठकको निष्कर्ष यहि हो।’
बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसद्मा सभामुखको राजीनामा माग्नुपर्ने र नमाने महाअभियोग लगाउनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : September 8, 2021 at 1:52 pm










