माधव नेपालहरू संसद भवन छिरे एमालेले बैठक चल्न नदिने
२३ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएका छन । संसदीय दलको बैठकमा सम्बाेधन गर्दै उनले सभामुखले गलत काम गरेकाले एमालेको कारबाही सदर नहुँदासम्म संसद चल्न नदिने बताए ।
ओलीले अग्नि सापकोटाले सभामुखको गरिमा सुहाउँदो काम नगरेको समेत टिप्पणी गरे । उनले सभामुखको टेबलबाट षड्यन्त्र भएको र गठबन्धनको मतियारको रूपमा काम गरेको बताए ।
ओलीले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।
एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।
प्रकाशित मिति : September 8, 2021 at 1:15 pm










