२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देश र जनताको पक्षमा बोल्न नसक्ने सरकारलाई छिटो बिदा गर्नुपर्छ : अध्यक्ष ओली

२१ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा बोल्न नसक्ने वर्तमान सरकारलाई छिटो बिदा गर्नुपर्ने बताएका छन् ।

आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले ‘यो सरकार शाश्वत नभएको र बलजफ्ती थोपरिएको भर्‍याङमुनिको पाहुना सरकार’ भन्दै यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्नेमा जोड दिए ।

‘यो सरकार अवैध सम्बन्धहरूको परिणाम हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ । छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन । २०७९ को मंसिरमा चुनाव गराउनै पर्छ । अब १४ महिना रह्यो । १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन ।

तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार बनिरहन्छन् । तपाईंहरू उठ्नुभयो भने यस्तो सरकार बिदा हुन्छ । देशभक्त, गरिवीविरुद्ध लड्ने सरकार बन्छ’, उनले भने ।

प्रकाशित मिति : September 6, 2021 at 6:30 pm