नेपाली काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलको पनि उम्मेदवारी
२१ भदाै, काठमाडाैँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ९–१३ मा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ ।
केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले जानकारी दिए । १३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।
उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए । काँग्रेसभित्र तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् ।
१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ ।
प्रकाशित मिति : September 6, 2021 at 1:35 pm










