बारामा कांग्रेस र जसपाका १६५ युवा एमालेमा, महेश बस्नेतले गरे स्वागत
१९ भदाै, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा पार्टी प्रवेस गरेका छन् ।
जसपा पार्टी परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका नेता राजुराज गिरीले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउन आफनो पहल हुने प्रतिबद्धता ब्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टि प्रवेस कार्यक्रमाम राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी छाटेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टी प्रवेस गराए ।
पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाइ छ ।
उनले यस जीतपुर जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टि प्रवेस गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन: नेतृत्वमा आउने उद्घोष गरे ।
नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा नेपका एमालेका केन्द्रिय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेपका एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगाएको नेता उपस्थित रहेका थिए ।
प्रकाशित मिति : September 4, 2021 at 5:33 pm










