अस्वस्थताकाबीच ओलीले काठमाडाैँको महनगरको भेलामा सम्बाेधन गर्ने (LIVE)
१९ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको बीचमा पनि काठमाडौँ महानगरको कार्यकर्ता भेलामा सम्बोधन गर्ने भएका छन । ओलीका प्रेस संयोजक रामशरण बजगाइले ट्वीट मार्फत ओलीले भेलामा सम्बोधन गर्ने जानकारी दिए ।
ओलीलाई ज्वरो देखिएको छ । ज्वरोसँगै ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट रद्द गरिएको जानकारी यसअघि उनको सचिवालयले दिएको थियो । यद्यपी केहीबेर अघि बजगाइले ओलीले भेलामा सम्बोधन गर्ने बताएका छन । भेलाको लाइभ यहाँ हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : September 4, 2021 at 2:39 pm










