पुण्य गौतमपछि बामदेव गौतमले पनि छाडे एमाले, ओलीसँग व्यक्तिगत सम्बन्ध राख्ने
१८ भदौ, काठमाडौँ । बामदेव गौतमले नेकपा एमालेबाट राजिनामा दिएका छन । अध्यक्ष केपी शर्मा ओलीसँग व्यक्तिगत सम्बन्ध भने कायम राख्दै अघि बढ्ने गौतमले उल्लेख गरेका छन । शुक्रबार एमो केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ मार्फत गौतमले राजिनामा दिएका हुन ।
उनले केपी ओलीसँगको असहमतिका कारण आफैँले मेहनत गरेर बनाएको पार्टी छाडेको बताएका छन । नेकपा एमाले निर्माणमा गौतमको पनि भूमिका रहेको छ यद्यपी पछिल्लो समय एमाले फुट्नुको प्रमुख दुइ कारण मध्येका एक भने स्वयं गौतम हुन ।
२०५४ सालमै एमाले विभाजन गरेर राजनीतिमा असफल प्रयोग गरेका गौतमले यस पटक भने २०५४ सालमा जसको विरूद्धमा विद्रोह गरेर नयाँ पार्टी जन्माएका थिए उनै माधवकुमार नेपाललाइ मोहरामा देखिने बनाएर एमाले विभाजन गराएका छन ।यद्यपी एमाले विभाजनको प्रभाव २०५४ सालको जति पनि नदेखिने नेताहरूले बताइरहेका छन ।
यता नेकपा माओवादी र माले हुँदै नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका पुण्य गौतमले पनि यसअघि एमाले छाडेका थिए । उनी नेकपा मालेको पोलिटव्यूरो सदस्य रहेका समयमा २५ जनाको टिमसहित मालेबाट एमालेमा प्रवेश गरेका थिए । विगतमा राम्रो वाक कला भएको भनेर चर्चा कमाएका गौतम पछिल्लो समय क्यामरा अघि अनुहार देखाउने रहरले सामाजिक विकृतिको एउटा उदाहरणीय पात्र बन्दै गएका छन ।
प्रकाशित मिति : September 3, 2021 at 11:00 pm










