२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माधव नेपाललाई वामदेवले भनेः मेराे साथ चाहिए जबज स्वीकार्नुस्

१८ भदौ, काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् । जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरे आफूहरु पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् ।

शुक्रबार निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर गौतमले आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन् ।

जारी प्रेस नोटमा भनिएको छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त क.वामदेव गौतमले राख्नुभएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’

प्रकाशित मिति : September 3, 2021 at 2:57 pm