गगन थापा रामचन्द्र पौडेलकाे पक्षमा खुले
१७ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका थापा औपचारिक रूपमा पौडेल समूहमा खुलेका हुन् ।

पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ । सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षमा रहने संकेत गरेका हुन् ।
थापा अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला पक्षबाट महामन्त्री लडेका थिए । याेसँगै अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक काेइराला, अर्जुननरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएका छन्।
प्रकाशित मिति : September 2, 2021 at 3:43 pm










