२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बागमती प्रदेशकाे सरकार टिकाउन एमालेले सबैखाले प्रयत्न गर्ने

१६ भदाै, काठमाडाैँ । बागमती प्रदेश एमालेको संसदीय दलकाे बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई टिकाउन सबै खालका पहल र प्रयास अघि बढाउने निर्णय गरेको छ ।

बुधबार बसेकाे संसदीय दलकाे बैठकमा बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकार टिकाउन लागिपर्ने र केही दिनमा सुखद समाचार दिने बताएकी छिन् । संसदीय दलकाे नेता समेत रहेकी शाक्यले आफू जीवनमा कहिल्यै पनि पार्टी फुटाउने पक्षमा नलागेको र अब पनि नलाग्ने बताइन् ।

‘संवैधानिक प्रक्रियाअनुसार सरकार टिकाउन अनवरतरुपमा लाग्नेछौं,’ शाक्यको भनाइ उदृत गर्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले भने, ‘केही साथीहरु बुझाइकाे कमजोरीका कारण अन्यत्र लाग्नुभएको छ, उहाँहरुसँग छलफल र संवाद अघि बढाउनेछौं ।’

प्रकाशित मिति : September 1, 2021 at 7:53 pm