राप्रपा विवाद सतहमाः जिम्मेवारी त्यागेको अध्यक्ष कमल थपाको घोषणा
५ भदौ, काठमाडौँ । राप्रपाको विवाद सतहमा देखिएको छ । यसअघि आन्तरिक रूपमा पुनः फुटकै संघारमै पुगेको भनेर चर्चा हुने गरेको राप्रपाका एक जना अध्यक्ष कमल थापाले आफूले एउटा जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन ।
अध्यक्ष थापाले भनेका छन, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु। अध्यक्षद्वय पशुपति शमसेर राणा र डा।प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु ।’
प्रकाशित मिति : 10:01









