१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

धादिङका तीन युवा गोंगबुबाट पेस्तोलसहित पक्राउ

२२ साउन, काठमाडौँ । धादिङका तीन युवा गोंगबुबाट पेस्तोलसहित पक्राउ परेका छन । महानगरीय प्रहरी वृत महाराजगञ्जजको टोलीले उनीहरूलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले साउन २० गते साँझ साँढे ६ बजे विजि महल अगाडी चेकप्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा ३ जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भागेको त्यसक्रममा पिछा गरेर समाउँदा धादङका तीन युवाको साथमा पेस्तोल र गोली भेटिएको थियो ।

धादिङ् घर भएका वर्ष २५ का विकेश मगर भन्ने विपिन मगरले वोकेको झोलामा पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली र दुइ थान खुकुरी पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्का २५ को मन्दिप थापा र वर्ष १९ को सुजन मागर रहेका छन । उनीहरू तीनै जना धादिङको रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०८:१६