३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपाल समूहले मन्त्रीको भाग पाएन, कांग्रेस ८, माओवादी र जसपाले ७/७ बाँडे

१४ साउन, काठमाडौँ । सत्तारूढ गठबन्धनले माधव नेपाल समूहलाइ मान्त्रीको भाग तत्कालका लागि नदिने निर्णय लिएको छ । माधव नेपालले आफ्नो नयाँ पार्टी नबन्दासम्म कुरीदि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डसँग अनुरोध गरे पनि तत्काल सरकारमा सहभागी नहुने भएपछि मन्त्रालयको भाग नलगाइएको स्रोतले जनाएको छ ।

गठबन्धनले कांग्रेसले ८, माओवादी केन्द्रले ७ र जनता समाजवादी पार्टीले ७ मन्त्रालय पाउने गरी भागवण्डा टुंगो लगाएको छ । अहिले सरकारमा प्रधानमन्त्री देउवाले गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन्। अब १९ जनालाई मन्त्रिपरिषदमा नियुक्त गर्न बाँकी छ।

प्रकाशित मिति : 15:02