२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले एकताको घोषणा भोलि बिहान ८ बजे, दिउँसो स्थायी कमिटी बैठक बस्ने

२६ असार, काठमाडौँ । नेकपा एमालेको विवाद मिलेको छ । केहीदिन अघि नै विवाद मिलेको भए पनि त्यसलाइ दस्तावेजीकरण गर्नका लागि केही दिन कार्यदलले काम गरेको हो । शनिबार भएको कार्यदलले विवादमाथि सहमति तयार गरेको छ ।

एमालेभित्रको लामो विवाद अन्त्यको घोषणा भोलि आइतबार बिहान ८ बजे हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गर्नुभयो ।

उहाँले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गर्नुभयो । उहाँले ‘बाहिर हल्ला फैलाएजस्तो चुप लागेर बसेका छैनौँ। हामी सहमतिमा पुगिसकेका छौँ। भोलि बिहान आठ बजे सुखद् समाचार आउने छ।’

यस्ते एमालेका उपमहासचिव एवम् पार्टीको विवाद समाधानसम्बन्धी कार्यदलका सदस्य घनश्याम भूसालले आइतबार पार्टी एकतासम्बन्धी महत्त्वपूर्ण निर्णय हुने बताउनुभयो । उहाँले भोलि नै स्थायी कमिटीको बैठक बस्ने पनि जानकारी दिनुभयो । उहाँले भोलिको स्थायी कमिटी बैठकले सहमति अनुमोदन गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 10, 2021 at 8:26 pm