घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : November 8, 2026 at 11:18 am








