माधव नेपालसँगको कुराकानीको रिपोर्टिङ गर्न माओवादी अध्यक्ष प्रचण्ड देउवा निवासमा
२६ असार, काठमाडाैँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधवकुमार नेपालसँग एमालेको अान्तरिक सहमतिको रिपोर्टिङ लिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुग्नुभएको छ ।
शनिबार दिउँसो नेपालसँग भेटेपछि सो भेटको ब्रिफिङका लागि प्रचण्ड देउवा निवास पुग्नुभएको हो । एमाले मिल्ने देखेपछि पछिल्लो दिनमा प्रचण्डले दाैडधुप बढाउनुभएको छ । विगतमा माधव नेपाललाइ भर्याङ बनाएर विपक्षी गठबन्धनको नाममा केपी शर्मा अोली नेतृत्वको सरकारविरूद्ध सडकमा अान्दोलन चलाउनुभएका प्रचण्ड नेपाल एमालेमै रहने सम्भावना बढेपछि बढी चिन्तित बन्नुभएको छ ।
बुढानिलकण्ठमा प्रचण्डले नेपालसँगको कुराकानीको बारेमा जानकारी गराएको पाइएको छ । यता नेपाल र प्रचण्डसँगको भेटपछि एमालेको कार्यदलले अाजै दिने भनेको सहमति सार्वजनिक गरेन । सहमति भएको र भोलि कार्यकर्ताको भावना अनुसार सहमतिको बुँदा सार्वजनिक गरिने पार्टी सचिव गोकर्ण विष्टले बैठकपछि जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति : 19:07









