एमाले कार्यदलको बैठक सकियो, भोलि सुखद् समाचार दिने गोकर्ण विष्टको भनाइ
२६ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिव गोकर्ण विष्टले भोलि सुखद् समाचार सुन्न पाउने बताउनुभएको छ । उहाँले सबै विषयमा छलफल भएर सहमति भएको जानकारी दिनुभयो । अरू दिनको तुलनमा बैठकबाट बाहिर निस्कदाँ कार्यदलका सदस्यहरूको मुहारमा खुशी भरिएको थियो ।
उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।’
प्रकाशित मिति : 18:27









