एमाले एकता भाँड्न माधव नेपालकाे घरमा प्रचण्ड, गठबन्धनलाई धाेका नदिन अनुराेध
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग भेट गरेर एमालेमै रहने निर्णय गर्नुअघि पुनर्विचार गर्न सुझाव दिनुभएकाे छ । शनिबार बिहान साँढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले एकताका नाममा अध्यक्ष ओलीसँग मिसिनुअघि साेच्न आग्रह गर्नुभयाे ।
स्राेतका अनुसार प्रचण्डले नेता नेपालकै कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत सडका ल्याएकाे भन्दै विचमै एमाले भनेर हिड्ँदा धाेका हुने कुरा स्मरण गराउनुभयाे । प्रचण्डले तपाईं पनि एमाले एकताको विषयमा सकारात्मक नै हाे र भनेर प्रश्न गर्नुभएकाे थियाे ।
प्रचण्डले सानो पार्टी भए पनि अध्यक्ष भनेकाे अध्यक्ष नै हाे तपाईं व्याक नहुनुस् भन्ने सुझाव साेत दिनुभएकाे छ । उहाँले एमालेकाे वरिष्ठ नेता भएर भन्दा नयाँ पार्टीको अध्यक्ष भएर धेरै गतिबिधि गर्न सकिने सुझाव समेत दिनुभएकाे छ । जवाफमा नेता नेपालले नयाँ पार्टी बनाउने विषयमा आफू निकटका नेताहरुले साथ नदिएकाे गुनासाे गुर्नुभएकाे थियाे ।
एमाले कार्यदलले सहमति गरेकाे सार्वजनिक हुनेवित्तिकै प्रचण्ड नेपाल निवास पुग्नुभएकाे हाे । कार्यदलले गरृका सहमति आज सार्वजनिक गर्ने तयारी गरिएकाे छ । यता अध्यक्ष ओली र नेता नेपालकाेबीचमा समेत वार्ता गराउने तयारी दाेस्राे तहका नेताले गरेका छन ।
प्रकाशित मिति : 14:29







