एमालेभित्रको आन्तरिक सहमति आज सार्वजनिक गरिदैँ, ओली नेपाल भेटवार्ता हुने
२६ असार, काठमाडौँ । नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलले आज सहमतिको खाका सावर्जनिक गर्दैछ । हिजो सिंहदरबारमा सात घण्टा निरन्तरको छलफलपछि विवाद सामाधानको विधि तय भएको नेताहरुले जनाएका छन् ।
एमालेका उपाध्यक्ष भीम रावलका अनुसार आज कति बजे बैठक बस्ने भनेर समय तय भएको छैन । ‘कतिबेला बस्ने भनेर सल्लाह गर्दैछौं,’ रावलले भन्नुभयो ‘सकारात्मक दिशामा छौं । सबै कुरा टुंगो लागेपछि सार्वजनिक गर्छौं ।’
नेताहरुका अनुसार हिजोको सहमतिमा आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाललाई सहमत गराएर सार्वजनिक गर्ने कार्यक्रम छ । सम्भवतः ओली र नेपालबीच आजै दिउँसो भेटवार्ता हुनेछ । सहमतिको खाकालाई आज अन्तिम रुप दिने र पार्टीको विवाद सुल्झिएको सन्देश दिने नेताहरुले जनाएका छन् ।
कार्यदलको प्रारम्भिक सहमति अनुसार पार्टीका सबै कमिटी र जनसंगठनहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन दुवै पक्ष सहमत भएको छ । नेता नेपाललाई उठाउदै आएको पावर सेयरिङको बिषय संस्थापनले अस्विकार गर्दै आएको छ ।
पार्टीको महाधिवेशनबाट अध्यक्ष र संसदबाट प्रधानमन्त्री चुनिएको व्यक्तिलाई बिचैमा हटाउँदा त्यसको सन्देश राम्रो नजाने तर्क अघि सार्दै यो विषयलाई छलफलमा नल्याउन संस्थापन पक्षले आग्रह गरेको छ ।
प्रकाशित मिति : 09:01









